मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार ५०४ मतले अगाडि (अपडेट)

बुधबार, २३ चैत २०७८, १० : ००
बुधबार, २३ चैत २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे दोब्बर मतले अगाडि छन् । अपरान्ह ३ बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले १०७५ मत पाएका छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई ५०४ मतले पछि पारेका छन् । 

त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ९६० मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ६५७ मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र ३०३ मतले अगाडि छन् । 
कसले कति मत प्राप्त गरेका छन् ? तलको सूची हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप