शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउँदै

बिहीबार, २४ चैत २०७८, १२ : २५
बिहीबार, २४ चैत २०७८

फोटोन मोटर्सको  इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान केही महिनाभित्रै  नेपाली बजारमा आउने भएको छ । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले गाडी नेपाली बजारमा भित्र्याउन लागेको हो । 

फोटोनका यी भ्यानहरु १०० किलोवाट भन्दा बढी  इन्जिन क्षमताको रहेको बताइएको छ । यी भ्यानको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ।  फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको विज्ञप्तिमा जनाइएको छ । 

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप