शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारको निर्वाचन : सबै पदमा गठबन्धनको अग्रता

बिहीबार, २४ चैत २०७८, १३ : १५
बिहीबार, २४ चैत २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । बिहीबार अपरान्ह साढे १२ बजेसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे प्रगतिशील समूहका अध्यक्षका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि देखिएका छन् । 

मध्यान्ह १२ : ३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले २२४० मत पाएका छन् भने प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई ११६९ मत प्राप्त भएको छ । अध्यक्षका प्रत्यासी घिमिरे अधिकारीभन्दा १ हजार ७१ मतले अगाडि छन् । 

त्यसैगरी सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई करिब ६ सय मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले १ हजार ९७५ मत पाउँदा प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले १ हजार ३४८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीमध्ये प्रदेश १ बाट सुरज खत्री, मधेश प्रदेशबाट सुशीरकुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तम प्रसाद आचार्य र सुदूरपश्चिमबाट तुलाराम गिरी अगाडि देखिएका छन् । अन्य सबै पदमा पनि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकाहरु मत परिणाममा अगाडि देखिएको नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप