शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोल्टीको र्‍याम्पमा फेसन शो (फोटोफिचर)

बिहीबार, २४ चैत २०७८, १६ : ३५
बिहीबार, २४ चैत २०७८

राजधानीको होटल सोल्टी बुधबार फेसनमय बन्यो । २३ जना युवती मोडलहरु र ८ जना युवा मोडलहरुको  ८२ वटा मनमोहक पहिरन र्‍याम्पमा प्रस्तुत गर्दा दर्शक मोहित बनेका थिए । सो अवसरमा विभिन्न ११ अवधारणामा फेसन प्रस्तुत गरिएको थियो ।

सृजना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतीक्षित फेसन कार्यक्रमहरु मध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शो भव्य रुपमा आयोजना गरेको हो ।

१६ औं संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अद्वितीय प्रतिविम्ब’ शीर्षकमा अनुभव गर्न पाइएको थियो ।

बुधबार साँझको समय छिप्पिदै जाँदा र्‍याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिँदै गयो र एकपछि अर्को गर्दै फेसन पारखी सुन्दरीले मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनासँग उपस्थितलाई साक्षातकार गराएका थिए ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा पहिरनहरूका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८२ जना नै थिए ।

हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई र्‍याम्पमा देख्न पाइएको थियो ।

सोको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए । करिब तीन घण्टासम्मको अद्वितीय  प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीजबाट प्रेरित शैलीहरु, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्द्रित पहिरनहरु देख्न पाइएको थियो ।

यसैगरी बोटविरुवा र तीसँग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद्री जीवनको शैली, घृणा र प्रेमसित जोडिएको मनोभावहरु, राशिबाट प्रभावित स्वरुपहरु, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा अवलोकन गर्न पाइएको थियो ।

सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्वितीय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो ।

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द« सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, गोल्यान ग्रुपका शक्ति गोल्यान, शिक्षाविद् जया प्रधान, फेसन स्टाइलिष्ट निलिमा तामाङ, , द हिडेन टे«जरका दिवाकर राजकर्णिकार, फेसन डिजाइनर अनु श्रेष्ठ, फेसन उद्यमीद्वय महेश्वर श्रेष्ठ र राहुल मान शाक्यले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित पहिलो फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप