बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारमा एमाले निल, कुन पदमा को विजयी ? (मत परिणामसहित)

शुक्रबार, २५ चैत २०७८, २३ : ०४
शुक्रबार, २५ चैत २०७८

नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो ।

नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ४४७४ मतसहित गोपालकृष्ण घिमिरे अध्यक्षमा विजयी भएका छन् ।

यस्तै उपाध्यक्ष प्रदेश १ मा सुरज खत्री, मधेस प्रदेशमा सुधीर कुमार कर्ण, बागमती प्रदेशमा हर्क बहादुर रावल, गण्डकी प्रदेशमा वीरेन्द्र केसी, लुम्बिनी प्रदेशमा पशुपति भण्डारी, कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा तुलाराम गिरी विजयी भएका छन् ।

यसैगरी उपाध्यक्ष महिला, खुलामा आशा राई विजयी हुँदा महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । यसैगरी कोषाध्यक्षमा भरतबहादुर राउत विजयी हुँदा सदस्यमा विनिता नेपाली, किरण कुमारी शाह, नरेश कुमार शाह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौड्याल, शर्मिला थापा विष्ट, जीतेन्द्रबहादुर मडै, भरतकुमार लकाइ, देवी प्रसाद कोक्ष्इराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य, सन्तोष तिवारी विजयी भएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिइन् ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि  भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो । 

यसैबीच नेपाल बार एशोसिएसनका नवनिर्वाचित अध्यक्ष घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लड्ने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने प्रतिक्रिया दिएका छन् । 
 जितसँगै नेपाल बार परिसरमा विजयी टोलीलाई खादा, फूलमाला र अवीरले स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे । 
उनले भने, ‘हामीले आफ्नो घोषणापत्र मार्फत जुन प्रतिवद्धता व्यक्त गरेका छौँ, विकृति, विसंगतिप्रति विहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो । साथै एउटा मर्यादित पेशा, व्यवस्थित पेशा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो । साथै कानून व्यवसायीहरुलाई कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले आश देखाउने हाम्रो अर्को उद्देश्य छ । त्यसैले हामी यसमा लागि पर्नेछौँ । तीन वर्षको पूरा कार्यकाल हामी एउटा सक्षम न्यायालय र एउटा सक्षम कानूनकर्मीको उत्पादनका लागि लागिपर्नेछौँ ।’
नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए । उनले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानूनकर्मीको उत्पादनमा जोड दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप