गंगारामलाई स्वर्ण

नेपाल प्रहरीका गंगाराम कुसुवारले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष ७५ केजी फाइनलमा गंगारामले बाग्मती प्रदेशका रोशन बलामीलाई पराजित गरे । लुम्बिनी प्रदेशका कृष्ण विष्ट र एपीएफका मोहम्मद शेख आलम तेश्रो भए ।
पुरुष ६० केजीमा बागमतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए । ८४ केजीमुनि प्रदेश १ का राजन खड्काले नेपाल आर्मीका सुरेश जप्रेल तथा ८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठले बागमतीका आशिष लामालाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।
महिलाको ५५ केजीमुनि प्रहरीकी सोनी राईले प्रदेश १ की विद्याकला राई, ६८ केजीमाथि एपिएफकी अनुपमा मगरले आर्मीकी सनी तामाङ, ६८ केजीमुनि आर्मीकी निरुपा तामाङले एपीएफकी दायना राई, ४५ केजीमुनि आर्मीकी कुसुम खड्काले मधेशकी पर्सिया चौधरी र ५० केजीमुनि आर्मीकी मिस्ली श्रेष्ठले लुम्बिनीकी अनिता पुन मगरलाई फाइनलमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?