शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले अक्षमता लुकाउन गभर्नर निलम्बन गर्यो : एमाले

शुक्रबार, २५ चैत २०७८, २१ : ५३
शुक्रबार, २५ चैत २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्नो असक्षमता लुकाउन गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालको पछिल्लो अर्थतन्त्रको अवस्थाबारे सरकारलाई यथार्थ जानकारी गराएपछि आफ्नो असक्षमता खुल्ने भयले सरकारले गभर्नरमाथि प्रहार गरेको प्रतिक्रिया दिए । 

‘सरकारले आफ्नो असक्षमता लुकाउन र आर्थिक नीति तथा आफ्नो स्वार्थअनुसार काम गर्न नपाएपछि निलम्बन गरिएको हो भन्ने कुरा प्रस्ट छ’ उपमहासचिव रिमालले रातोपाटीसँग भने, ‘गभर्नरले यथार्थ कुरा भन्दा स्वार्थ अनुसारको काम गर्न सरकारलाई बाधा गरे भन्ने पर्यो, किनभने गभर्नरले निरन्तर अर्थतन्त्र ओरालो लागेको भनेर सुझाव दिएको कुरा आइरहेको थियो ।’

रिमालले अधिकारी डेपुटी गर्भनर हुँदा धेरै राम्रो काम गरेको भन्दै अहिले राष्ट्र बैँकभित्र रहेकाहरु मध्ये मौद्रिक नीति बुझ्नेमा अधिकारी अव्वल मध्येमा पर्ने बताए ।  ‘अब त्यस्ता व्यक्तिलाई नै निकालेपछि सरकारलाई हाइसन्चो होला’, रिमालको भनाइ छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गभर्नर अधिकारीमाथि छानविन गर्ने निर्णय गरेको थियो । गभर्नर अधिकारीलाई केपी ओली नेतृत्वको सरकारले २०७६ चैतमा नियुक्त गरेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप