शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निलम्बित गभर्नरको प्रतिक्रिया : छानबिनबारे मलाई जानकारी छैन

शुक्रबार, २५ चैत २०७८, २२ : ०१
शुक्रबार, २५ चैत २०७८

सरकारले छानबिन समिति बनाएसँगै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले आफू निलम्बनमा परेकोबारे आश्चर्य व्यक्त गरेका छन् ।  सरकारको छानबिनमा परेको  कुरा आफूलाई थाहा नभएको उनले रातोपाटीलाई प्रतिक्रिया दिए । 

सरकारबाट आफूले आधिकारिक पत्र पाइनसकेको र सञ्चारमाध्यमहरुबाटै यसबारे जानकारी पाएको उनको भनाइ छ । ‘निलम्बन तथा छानविनको बारेमा मलाई केही थाहा छैन । यो कुरा मैले पनि तपाईहरुबाटै थाहा पाउँदैछु’, अधिकारीले भने, ‘के कति कारणले ममाथि छानविन गर्नुपरेको हो, त्यो पत्र पाएपछि थाहा होला । यसबारे अहिले मैले केही बोल्न पनि मिल्दैन ।’

सरकारले अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा गोप्य सूचना चुहाएको आरोपमा छानबिन थालेको हो । छानबिन समिति बनेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप