शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

शनिबार, २६ चैत २०७८, १३ : ४७
शनिबार, २६ चैत २०७८

कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । 

महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप