बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकातिर रेस्लिङ अर्कोतिर जनसभा (तस्बिरहरू)

शनिबार, २६ चैत २०७८, १४ : ४७
शनिबार, २६ चैत २०७८

भृकुटीमण्डपको बगैँचामा एकतिर रेस्लिङ प्रतियोगिता  भइरहेको छ भने अर्को तिर नेकपा एकीकृत समाजवादीको को जनसभा भइरहेको छ । माधव कुमार नेपालले उद्घाटन गरेको दुवै कार्यक्रममा पार्टीको जनसभामा भन्दा रेस्लिङ तिर मानिसहरूको भीड देखिएको छ ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता एकदिने रेस्लिङ आयोजना भइरहेको छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह),  अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।

अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गरेका छन् । चैते दसैँ तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता भएको हो । हेर्नुहोस् तस्बिरहरू:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप