शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा २०० ले घट्यो सुनको मूल्य

शनिबार, २६ चैत २०७८, १५ : ०३
शनिबार, २६ चैत २०७८

यो साता सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २०० रुपैयाँले घटेको हो ।

यस्तै, साताको आइतबार छापावाल सुनको मूल्य ९९ हजार ३००, सोमबार ९८ हजार ७००, मंगलबार ९८ हजार ८००, बुधबार ९८ हजार ५०० र विहीबार ९९ हजार रुपैयाँ तोकिएको थियो । यसैगरी, हिजो शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुन तोलामा २०० रुपैयाँले घटेको सातामा चाँदीको मूल्य पनि ओरालो लागेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँमा आइपुगेको हो । गत साताको शुक्रबार यसको मूल्य १३ सय ६० रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप