शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु, १८ तस्बिरमा हेर्नुहोस्

शनिबार, २६ चैत २०७८, २० : ०२
शनिबार, २६ चैत २०७८

वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । रथयात्रा सुरु गर्नुअगि केलटोलबाट मच्छिन्द्रनाथलाई  खटमा राखी ल्याउने चलन छ । यसरी ल्याइएको मच्छिन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ ।  प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ । काठमाडौँको पुरानो बस्ती भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । 

आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु-याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र  त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन  मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ । रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।

 मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप