शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका नेता–कार्यकर्ता माओवादी समाजवादीमा प्रवेश

शनिबार, २६ चैत २०७८, २१ : १९
शनिबार, २६ चैत २०७८

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले जङ्गम सहितका युवा नेताहरुलाई पार्टीमा स्वागत गरेका हो । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नवप्रवेशीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनीहरुले पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । 

 नवप्रवेशी नेता अधिवक्ता दिपक शर्मा जङ्गमले माओवादी केन्द्रमा मार्क्स र लेनिनवादी सिद्धान्तभन्दा बढी व्यक्तिवाद परिपाटी हावी भएको आरोप लगाए ।  आफुले गरेको योगदानलाई पार्टीले कदर नगरेको भन्दै सहिदका बाँकी सपना पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप