शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

आइतबार, २७ चैत २०७८, ११ : ५६
आइतबार, २७ चैत २०७८

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप