बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नायिका आयशा टाकिया र उनका श्रीमान् फरहान आजमीमाथि विमानस्थलमा दुर्व्यवहार

आइतबार, २७ चैत २०७८, १३ : ४०
आइतबार, २७ चैत २०७८

बलिउडकी नायिका आयशा टाकिया र उनका श्रीमान् फरहान आजमी हालै गोवा एयरपोर्टमा दुर्व्यवहारको शिकार भए । यो कुराको जानकारी फरहान आफैंले सोसल मिडियामा पोस्टमार्फत् जानकारी दिए । पोस्टमा उनले एयरपोर्टमा भएका सिक्योरिटी अफिसरले उनीमाथि दुर्व्यवहार गरेको बताए । यद्यपि, यो घटनापछि गोवा एयरपोर्टले फरहान आजमीसँग माफी पनि मागेका छन् ।

वास्तवमा, आयशा टाकिया र उनका श्रीमान हालै आफ्नो छोरासँग गोवाबाट मुम्बई फर्किरहेका थिए । यतिबेला उनीहरुलाई गोवा एयरपोर्टमा रोकिएको थियो । फरहानको नाम पढेपछि त्यहाँका अधिकारीले उनलाई परिवारबाट अलग्गयाएको र उनीमाथि दुर्व्यवहार गर्न थालेको फरहानले बताए । उनले दुर्व्यवहार गर्ने सुरक्षाकर्मीका केही फोटो सोसल मिडियामा सेयर गरेर यो पूरा घटनाबारे जानकारी दिए ।

मेरो नाम पढ्ने बित्तिकै मेरो परिवारबाट टाढा राखेः

फरहान आजमीले फोटो सेयर गरेर लेखे, ‘विमानस्थलमा खटेका आरपी सिंह, एके यादव, कमान्डर राउत र एसपी श्रेणीका वरिष्ठ अधिकारी बहादुरले मेरो नाम पढ्ने बित्तिकै मलाई मेरो परिवारबाट अलग राखिदिए । ’ फरहानका अनुसार विमानस्थलका कर्मचारीले उनीमाथि यौनजन्य प्र्रतिक्रिया पनि दिए ।

फरहान आजमीले आफ्नो अर्को पोस्टमा भने, ‘एक अधिकारीले मलाई छुन मात्रै खोजेनन्, मेरी श्रीमती र छोरालाई छुट्टै लाइनमा उभिन दबाब दिएपछि विवाद बल्झियो । त्यहाँ उपस्थित अन्य परिवार त चेकिङका बेला सँगसँगै थिए । उनीहरुलाई अलग राखिएको थिएन न नै सोधपुछ गरिएको थियो ।’

गोवा विमानस्थलले फरहान आजमीसँग माफी मागे । विमानस्थलले लेखे, ‘यात्राको क्रममा तपाईं र तपाईंको परिवारले जुन समस्या उठाउनु पर्यो, त्यसका लागि हामी माफी माग्छौँ । हामी यो घटनाको अनुसन्धान गर्नेछौँ ।’

स्मरण रहोस्, फरहान आजमी सपा नेता अबू आजमीका छोरा हुन् । फरहान र आयशा टाकियाले सन् २००९ मार्च १ मा विवाह गरेका थिए । त्यसपछि सन् २०११ मा नायिकाले अभिनयबाट दुरी बनाएकी थिइन् । सन् २०१३ मा आयशाले छोरा मिकेल आजमीलाई जन्म दिएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप