शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटहरीको प्रमुख र उपप्रमुखका लागि एमालेले गर्‍यो आकांक्षीको नाम सिफारिस

आइतबार, २७ चैत २०७८, १६ : १९
आइतबार, २७ चैत २०७८

सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ ।

सिफारिसमा पर्नेहरुमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका छन् । 

यस्तै उपप्रमुखमा प्रदेश सदस्य कमला श्रेष्ठ, जिल्ला सदस्य अम्बिका चौधरी, गायत्री चौधरी र संगीता चौधरी रहेका छन् । इटहरी नगरपालिकाको प्रमुखको उम्मेदवार सिफारिसमा भने वर्तमान मेयर द्वारिकलाल चौधरीको नाम उल्लेख छैन । 
०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत प्राप्त गरेर विजयी बनेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईंले १९ हजार ९ सय ८५ मतका साद दोस बनेका थिए । यस्तै राप्रपाका उम्मेदवार रोहितबहादुर कार्कीले ३ हजार ७ सय १५ तथा माओवादी केन्द्रकी उम्मेदवार हरिमाया जिमीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेकी थिइन् । 

यस्तै उपप्रमुख  पदमा पनि एमालेकै लक्ष्मी गौतमले २१ हजार ८ सय ४२ मतका साथ विजयी भएकी थिइन् । दोस्रो स्थानमा रहेको काँग्रेसकी उम्मेदवार बिमला सिवाकोटीले १८ हजार ३ सय ५२ र माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४ हजार ८ सय ३१ तथा राप्रपाकी माया रायमाझीले ३ हजार ९ सय १९ मत प्राप्त गरेकी थिइन् ।
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप