शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२२ वर्ष बाँचेकी महिलाले यी ३ कुरा नियमित खाने गर्थिन्

सोमबार, २८ चैत २०७८, १५ : ०२
सोमबार, २८ चैत २०७८

युके स्थित सिबिडी कम्पनी इडन गेटले संसारको सबैभन्दा उमेरदार व्यक्तिमाथि अध्ययन गरेर उनीहरुको लामो जीवनको राज पत्ता लगाएको छ । उनीहरुको स्वास्थ्य र लामो उमेरको राज जान्नका लागि अनुसन्धानकर्ताले सयभन्दा बढी बाँचेका ६ जना व्यक्तिमाथि अनुसन्धान गरे । उनीहरुले स्वस्थ र लामो उमेरका पछाडि मुख्य चार कारण पत्ता लगाए – हिँड्डुल, सामाजिक –आर्थिक स्थिति, तनावको स्तर र खान्की । यीमध्ये खान्की एउटा यस्तो कुरा हो जसमा मानिसको सबैभन्दा बढी नियन्त्रण रहेको हुन्छ ।

विज्ञानका अनुसार संसारमा यस्ता थुप्रै कुराहरु छन् जसले मानिसलाई लामो उमेर दिन सक्छन् । जस्तै कि बदाम, बेरीज वा माछा खाँदा शरीरले पाउने पौष्टिक तत्वले मुटुको स्वास्थ्यमा सुधार हुन्छ र प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । शोधमा १२२ वर्षकी जीन लुईस कालमेन्टको डाइटमाथि पनि अनुसन्धान गरियो जुन संसारमा सबैभन्दा बढी बाँच्ने महिला हुन् । सन् १९७७ मा उनको निधन भएको थियो ।

ओलिभ ओयलः

अनुसन्धानकर्ताले जिन लुइस कालमेन्टको खान्कीमा तीन विशेष चिज देखियो । उनको डाइटको पहिलो सिक्रेट थियो ओलिभ ओयल । हेल्थलाइनको एक रिपोर्ट अनुसार ओलिभ ओयलमा हेल्दी फ्याट, एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइन्छ । यसले मुटु रोग र स्ट्रोकको जोखिम पनि कम गर्छ ।

रेड वाइनः

कालमेन्टको डाइटमा दोस्रो सिक्रेट थियो रेड वाइन । मेयो क्लिनिकको एक रिपोर्ट अनुसार रेड वाइनमा पाइने एन्टीअक्सिडेन्ट हाम्रो मुटुको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । यद्यपि, विशेषज्ञले सिमित मात्रामा पिइने रेड वाइनले मात्रै शरीरमा सकारात्मक असर पार्ने बताउँछन् ।

चकलेटः

शोधले चकलेट खानेहरुलाई खुसी बनाइदिएको छ । कालमेन्टको डाइट र हपकिन्स मेडिसिनलाई विश्वास गर्ने हो भने चकलेट खाँदा उमेर बढ्छ । रेड वाइन झैँ चकलेटमा पनि मुटुलाई स्वस्थ राख्ने तत्व पाइन्छन् । यसले हाम्रो प्रतिरोधी क्षमतालाई बुस्ट पनि गर्छ । चकलेटले रगतमा सपोर्टिङ सर्कुलेशन र ब्रेन फङ्सनलाई बुस्ट गरेर हाम्रो एथलेटिक परफर्मेन्समा सुधार गर्छ । यी चिजलाई तपाईंले पनि नियमित तरिकाले खानामा समावेश गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप