शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पीटीआईका सांसदले नेसनल एसेम्ब्लीको सदस्यबाट सामूहिक राजीनामा दिने

सोमबार, २८ चैत २०७८, १७ : ००
सोमबार, २८ चैत २०७८

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । 

‘संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गरे । सो निर्णयपछि केही सांसदहरूले संसदबाट राजीनामा दिएको ट्विटरमा घोषणा गरेका छन् । पार्टीको घोषणापछि मुराद सइदले नेसनल एसेम्ब्लीको सदस्यबाट राजीनामा दिएका छन् । पार्टी निर्णयपछि संसद् सदस्यबाट राजीनामा दिने उनी पार्टीको पहिलो सांसद हुन् । पार्टीको नीतिअनुसार आफूले राजीनामा दिएको उनले पुष्टि गरेका छन् । 

विदेशी षडयन्त्रमा इमरान खानलाई सत्ताच्युत गरिएको उनले आरोप लगाए । ‘के विदेशीलाई पाकिस्तानमा सरकार गठन गर्न र तोड्ने अधिकार छ रु’ उनले प्रश्न गरेका छन् । त्यस्तै पूर्वसामुद्रिकमामिला मन्त्री अली हैदर जैदीले पनि ट्वीटरमा राजीनामाको घोषणा गरेका छन् । उनले पार्टी अध्यक्षलाई राजीनामा बुझाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप