अर्थमन्त्री शर्माले पुनः दोहोर्याए, ‘विलासी गाडीको आयात रोकिन्छ’
सोमबार, २८ चैत २०७८, १७ : ५६
अर्थमन्त्री जनार्दन शर्माले पुनः विलासी गाडीहरूको आयात रोकिने भनाइ दोहोर्याएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मुलुकको वर्तमान आर्थिक अवस्था र सुधारका लागि लिइने रणनीतिबारे जानकारी दिँदै अर्थमन्त्रीले महँगा गाडीसँगै अन्य विलासिताका वस्तुहरुको आयात रोकिने जनाए ।
यस्तो आयात नियन्त्रण गर्न बैंकहरुद्धारा जारी गरिने एलसी केही समयका लागि बन्द गरिने उनले बताए । गत हप्ता नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर नै जारी गर्दै अत्यावश्यक बाहेकका गाडी लगायत अन्य विलासिताका वस्तुहरुको आयात नियन्त्रण गर्ने गरी एलसी जारी नगर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।
जुन आइतबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत एक हप्ता अत्यावश्यक बाहेकका सबै प्रकारका विलासी वस्तुहरुको आयातमा एलसी बन्द गरिने जनाएका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै