बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री

भने-सत्यको जित, असत्यको हार भयो
सोमबार, २८ चैत २०७८, १९ : २४
सोमबार, २८ चैत २०७८

पाकिस्तानको राष्ट्रिय सभाले शाहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । चुनावपछि सरिफले सभालाई सम्बोधन गरेका थिए ।

उनले इतिहासमै पहिलो पटक अविश्वासको प्रस्ताव सफल भएको र सत्यको जित, असत्यको हार भएको बताए । शाहबाज शरीफले आजको दिन ठूलो भएको र सदनले आज एक निर्वाचित प्रधानमन्त्रीलाई बाटो देखाएको र यो दिनलाई स्मरणीय दिनको रूपमा मनाउनुपर्ने बताए । पाकिस्तानी रुपैयाँ ८ रुपैयाँले बलियो भई १९० बाट १८२ मा फर्किएको उनले बताए । 

यस क्रममा शाहबाज शरीफले इमरान खानले बारम्बार भनिएको चिठीको सन्दर्भमा पनि जवाफ दिएका थिए । शहबाज शरीफले पत्र आएको झूटो भएको बताउँदै उनले अब दूधका दूध र पानीका पानी हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप