राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित
दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । विराटननगरस्थित माओवादी केन्द्रको प्रदेश १ पार्टी कार्यालयमा सोमबार एक औपचारिक कार्यक्रम गरी माओवादीमा प्रवेश गरेको घोषणा गरिएको हो ।
मञ्चका केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा अन्य पदाधिकारीसहित सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा एमाले निकट मुक्ति समाज नेपाल झापाका पूर्व उपाध्यक्ष लकान्द्री, मञ्चका उपाध्यक्ष नरेन्द्र घतानी, एमाले प्रदेश १ का सल्लाहकार गोपाल लकान्द्री, नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीसहित ३५ जना नेतालाई माओवादीका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले पार्टीमा प्रवेश गराए ।
सो अवसरमामा ओवादीसँग मञ्चले दलित अधिकारसँग सम्बन्धित व्यवस्थाहरु व्यवहारमा लागू गर्न निरन्तर पहल गर्ने लगायतका विभिन्न नौ बुँदे समझदारी गरेको छ । अध्यक्ष लकान्द्रीले जातीय मुक्तिको आवाज उठाउने पार्टी माओवादीमात्रै भएको दाबी गरे ।
सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य तथा किरात खम्बुवान क्षेत्रका संयोजक हर्कराज राई उक्त पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पनि नेता काफ्लेले खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए ।
दलित आन्दोलनका अगुवा नरेन्द्र घतानीले माओवादीले जातीय र वर्गीय मुक्तिका लागि संघर्ष गर्दा अप्रत्यक्ष रुपमा सहयोग गरेको तर अहिले प्राप्त भएका उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएपछि पार्टी प्रवेश गरेरै संघर्ष गर्ने निर्णय गरेको बताए । कार्यक्रममा माओवादी प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ, प्रदेश उपाध्यक्ष विजय साम्पाङ, शिवकुमार डाँगी, प्रदेश सचिव गणेश उप्रेतीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालसँग मलेसिया पराजित
-
परशुराम नगरपालिकास्तरीय भलिबल र क्रिकेट प्रतियोगिता हुँदै
-
बजेटको एक चौथाइ कमाउन पनि कंगनाको इमर्जेन्सीलाई सकस
-
चर्को आलोचनापछि मधेस सरकारले फिर्ता लियो भाषा विधेयक
-
हतियार बनाउने कारखानामा विस्फोट हुँदा आठ जनाको मृत्यु
-
सात महिनादेखि ग्वार्को ‘फ्लाइओभर’को काम ठप्प, एकपछि अर्को परीक्षणको निर्देशनले हैरानी