शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्षको सम्बोधन सुन्न गएका युवकको डुबेर मृत्यु

सोमबार, २८ चैत २०७८, २० : १६
सोमबार, २८ चैत २०७८

बझाङको चैनपुर स्थित बाउलीगाड खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–४ घर भएका २० वर्षीय कमल बोहराको डुबेर मृत्यु भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई बताए ।

मृतक बोहरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संवोधन सुन्न सोमबार चैनपुर गएका हुन् । नेकपा एमाले बझाङले आयोजना गरेको ‘पार्टी प्रवेश तथा चुनावी सभा’मा सहभागी हुन चैनपुर गएका बोहरा बाउलीगाडमा नुहाउने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ । 

सो सभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ५ पार्टीले गठबन्धन गरेपनि धेरै स्थानिय तहमा एमाले विजयी हुने जिकिर गरेका छन् । कार्यक्रममा ३ सय ५० भन्दा बढी मानिसहरु एमालेमा प्रवेश गरेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप