
हामी कैलालीलाई ०६४ सालकै अवस्थामा फर्काउँछौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कैलाली जिल्लालाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका छन् । जसपाबाट सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुराना माओवादीहरू एक जुट हुन थालेकाले कैलाली बलियो हुने बताए।
पहिलो संविधान सभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी जसपाबाट माओवादी प्रवेश गरेपछि स्थानीयतहमा समेत राम्रो प्रभाव पर्ने प्रचण्डले बताए। निर्वाचनको ब्याटल जित्ने बेलामा चौधरीको पार्टी प्रवेशले सकारात्मक सन्देश जाने बताए। यस्तै एमालेसँग एकता गर्दा आफूले धेरै चिज बुझेको प्रचण्डले बताए।‘एमाले के चिज हो ? बुझ्ने मौका पाएको छ। मेरो तीन वर्षको अनुभव भयो र संगै बसेर अनुभव गरे । सबै एक जुट भएर ब्याटल जित्नु पर्ने छ’ प्रचण्डले भने।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ