बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमाको मेयरका लागि ४ जना सिफारिस

मङ्गलबार, २९ चैत २०७८, १९ : १४
मङ्गलबार, २९ चैत २०७८

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख(मेयर) पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । यो नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो  ।

एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेका अनुसार  मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस  गरिएको छ । बैठकले उपप्रमुख(उपमेयर) पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफरिस गरिएको हो । यहाँ मेयर  र उपमेयर दुवै सोही पदमा दोहाराउने गरी सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप