शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङका तीन पालिकामा एमालेद्वारा प्रमुख उम्मेदवारको टुंगो

मङ्गलबार, २९ चैत २०७८, २० : ४६
मङ्गलबार, २९ चैत २०७८

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो । 

रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सोरेनको नाम सिफारिस गरेको एमाले मोरङका इन्चार्ज विनोद ढकालले जानकारी दिए । 

उनकाअनुसार रंगेलीको उपप्रमुखमा भने बाहलवाला उपप्रमुख केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिस गरेको छ । खराल पनि प्रमुख अग्रवालसँगै माओवादीबाट एमाले प्रवेश गरेकी हुन् । 

एमालेले धनपालथानको उपाध्यक्षका लागि भने करणदेवी चौधरी, उपासीदेवी राजवंशी, सीता पाठक, बिमला विष्ट र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । इन्चार्ज ढकालका अनुसार एमालेले मोरङका सबै पालिकाको उम्मेदवारको टुंगो अबको एक हप्ताभित्रमा लगाइसक्ने छ । ‘हामीले आउँदो हप्ताभित्रमा सबै उम्मेदवारको टुंगो लगाउँछौं,’ ढकालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप