बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सिद्धार्थ नगरले मेयरमा ८ जनाको नाम पठायो

मङ्गलबार, २९ चैत २०७८, २१ : ३६
मङ्गलबार, २९ चैत २०७८

नेकपा एमले  रूपन्देहीको सिद्धार्थनगर नगर कमिटीले आगामी निर्वाचनमा त्यस पालिकाकामा मेयर पदको  उमेदवारका लागि आठ जनाको नाम सिफारिस गरि केन्द्रमा पठाएको छ ।  त्यस  नगर कमिटी सचिव नारायण प्रसाद भण्डारीले  उक्त जानकारी सञ्चार माध्यमलाई दिएका हुन् ।

उनका अनुसार पार्टी नेताहरु भरत कुमार पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डाक्ट रामप्रसाद बस्याल, राजेन्द्र प्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुन कुमार गिरी र हालका मेयर हरि प्रसाद अधिकारीको नाम सिफारिस गरि पठाईएको छ  ।

एमाले  केन्द्रिय निर्वाचन आयोगका  सदस्य पोखरेल  २०७० सालको संविधानसभा  निर्वाचनमा उम्मेदवार थिए । भीम  अस्पताल विकास समितिका पूर्व अध्यक्ष  भण्डारी सिद्धार्थ नगरको  समाज सेवामा सक्रिय  व्यक्ति हुन् । उनी उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष  समेत हुन् । उद्योगी व्यवसायी माझ भण्डारी लोकप्रिय पात्र मानिन्छन्  ।

 एमाले रुपन्देहीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख  हुन् पाण्डे । डाक्टर बस्याल यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवार बन्ने चर्चा भए पनि   वर्तमान मेयर अधिकारी   उम्मेदवार बनेका थिए ।  पन्थी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । अर्याल एमाले रुपन्देही  जिल्ला कमिटी  सचिवालय सदस्य हुन् । उनी  साविक  नेकपा सिद्धार्थनगरको सचिवको जिम्मेवारीमा थिए  । गिरी  सो पार्टीका सिद्धार्थनगरका उपाध्यक्ष हुन् । अधिकारी हालका नगरप्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य हुन् ।

उपमेयरमा भने  तिनै जना महिला क्रमशः  उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप