कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग
बुधबार, ३० चैत २०७८, ०८ : २६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजीनामा दिएकी हुन् ।
राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
केही दिनअघि थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए । पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ । मंगलबार मात्र राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पनि पार्टी छाडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने