मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार सार्वजनिक विद्यालय सुधार्ने अभियानमा छ : मन्त्री पौडेल

बुधबार, ३० चैत २०७८, १८ : ००
बुधबार, ३० चैत २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि सरकारले जोड दिइरहेको समेत बताए । उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए । 

मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिइ न्युनतम शुल्कमा पढाउनुपर्ने बताए । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनले बताए । उनले भने– ‘नेपालमा सार्वजनिक विद्यालयहरूको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुन प्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ । त्यसको सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनु छ । त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार । यी तिन प्रकारका सुधार गरेर सार्वजनिक विद्यालयहरुलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ ।’ 

उनले नीजि क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्ने बताए । उनले भने, ‘खाली उहाँहरुलाई राज्यको कानून, राज्यले तोकेका कतिपय प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा होइन कि सेवा दिने संस्थाको रुपमा निजीले गर्नुस् भनेर उहाँहरुलाई हामीले भनेका छौँ । त्यसो भएर हामी नीजि र सार्वजनिकलाई जुधाउने होइन, नीजि र सार्वजनिकलाई सँगै लैजाने र निजीलाई ध्यान दिनुपर्छ ।’  उनले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप