शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् वर्ष २०७८ को अन्तिम दिनको सूर्यास्त

बुधबार, ३० चैत २०७८, १९ : ५७
बुधबार, ३० चैत २०७८

वर्ष २०७८ साल सकिएर नेपालीहरु नयाँ वर्षको प्रतिक्षामा छन् । नयाँ वर्ष यस्तो समय हो, जुन दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गरिन्छ । बुधबार वर्ष २०७८ को अन्तिम दिन हो र बिहीबारदेखि नयाँ वर्ष २०७९ साल सुरु हुँदैछ । 

 वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा नयाँ वर्षलाई मनाइने प्राचीन परम्परा छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । 

हरेक व्यक्तिले नयाँ वर्षको दिन अघिल्लो वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्छन् । 
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । वर्ष २०७८ को अन्तिम दिनको साँझ रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले चोभार क्षेत्रबाट कैद गरेका सूर्यास्तका केही तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप