तस्बिरमा हेर्नुहोस् वर्ष २०७८ को अन्तिम दिनको सूर्यास्त
वर्ष २०७८ साल सकिएर नेपालीहरु नयाँ वर्षको प्रतिक्षामा छन् । नयाँ वर्ष यस्तो समय हो, जुन दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गरिन्छ । बुधबार वर्ष २०७८ को अन्तिम दिन हो र बिहीबारदेखि नयाँ वर्ष २०७९ साल सुरु हुँदैछ ।
वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा नयाँ वर्षलाई मनाइने प्राचीन परम्परा छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ ।
हरेक व्यक्तिले नयाँ वर्षको दिन अघिल्लो वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्छन् ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । वर्ष २०७८ को अन्तिम दिनको साँझ रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले चोभार क्षेत्रबाट कैद गरेका सूर्यास्तका केही तस्बिरः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण