बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र प्रचण्डबीच तुलना हुन सक्दैन : प्रभु साह

बिहीबार, ०१ वैशाख २०७९, १५ : ३१
बिहीबार, ०१ वैशाख २०७९

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तुलना हुन नसक्ने बताएका छन् । ओलीले भनेको कुरा गरेर देखाइराखेको तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको उनको जिकिर छ ।

रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनले देशलाई निकास दिन नसक्ने जिकिर गरे । उनले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्ष नबित्दै चौतर्फी महँगी र भ्रष्टाचार बढेको बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुश्वाहा, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, एमाले प्रदेश कमिटी सदस्य त्रिभुवन साह, प्रदेश उपसचिव आरती भण्डारी, कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह, लगायतका नेताले बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप