शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मेयरमा एमालेले सिफारिस गर्यो स्थापितदेखि पन्तसम्मको नाम

बिहीबार, ०१ वैशाख २०७९, २० : ११
बिहीबार, ०१ वैशाख २०७९

एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको एमाले नेता कृष्ण राईले जानकारी दिए ।

उनका अनुसार मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै  निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्ने छ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप