राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।
कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।
अस्पताल ६० शय्याकोे छ । यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ । “ कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ”, उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच