शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सातै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी

शुक्रबार, ०२ वैशाख २०७९, १२ : ३०
शुक्रबार, ०२ वैशाख २०७९

स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । 

सातै प्रदेश एक÷एक जना  र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तिमा तीन वर्ष कार्याअनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ । योग्यता पुगेका इच्छुकले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप