बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका बुद्धकृष्ण श्रेष्ठले ९ औं पटक छेडे जिब्रो (फोटोफिचर)

शुक्रबार, ०२ वैशाख २०७९, १८ : १२
शुक्रबार, ०२ वैशाख २०७९

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् ।

जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले श्रेष्ठको जिब्रो छेडिदिएका थिए । एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ ।  जिब्रो छेडे लगत्तै बुद्धकृष्णले  महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेका थिए । त्यसपछि जात्राको समापन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप