ad
x

यो मुलुकको परिवर्तनको वाहक माओवादी नै हो : प्रचण्ड

person explore access_timeबैशाख २, २०७९ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले यो मुलुकको परिवर्तनको वाहक माओवादी पार्टी नै भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु सुखद भएको बताए ।


अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, व्यवस्थासँगै उत्पीडित समुदायको पक्षमा लडेको पार्टीमा प्रवेश गर्नु ठिक भएको बताए । एमालेमा ४३ वर्ष सक्रिय भएका नुवाकोटका माधव पाण्डे र काँग्रेसमा सक्रिय सन्जिकुमार साह माओवादी प्रवेश गरेका छन्।  दुबैपक्षबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको माओवादीको दाबी छ। ‘केपी ओली नुवाकोट जाँनु एमालेमा ४३ वर्ष सक्रिय नेता माओवादी प्रवेश गर्नु यो बडो सुखद पक्ष भयो’ प्रचण्डले भने,‘एमाले भन्ने कस्तो पार्टी रहेछ भन्ने यो पार्टी प्रवेशले समेत छर्लङ भयो।’ नवप्रवेशीलाई जिम्मेवारी दिन पार्टीले कुनै कन्जुसाई नगर्ने प्रचण्डले बताए।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।