बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीमा जलेर बालकको मृत्यु

शुक्रबार, ०२ वैशाख २०७९, १८ : ०३
शुक्रबार, ०२ वैशाख २०७९

सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा शुक्रबार आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । 

स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो । 

बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।

आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला  प्रहरी कार्यालयका सप्तरीका प्रहरी  प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीमा ज्यान गुमाएका शैलेशको बुवा भने वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालक मृत्यु स्थानीयको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप