उत्कृष्ट चुनावी गीत बनाए २ लाख ७५ हजार पुरस्कार दिने काँग्रेसको घोषणा
शुक्रबार, ०२ वैशाख २०७९, १८ : ३५

नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको अडियो– भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
काँग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले काँग्रेसको पक्षमा उत्कृष्ट अडियो–भिडियो निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
काँग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिनेलाई नगद पुरस्कार दिइने उपसमितिका संयोजक डी.बी.गुरुङले बताए ।
काँग्रेसको पक्षमा चुनावी गीतहरू निर्माण गरी प्रचार–प्रसार भैरहेको गीत उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिन उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण