विराटनगरको मेयरका लागि डिला संग्रौलासहित काँग्रेसबाट ७ जना सिफारिस
संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाको प्रमुख पदमा काँग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ । विराटनगर काँग्रेसका सभापति दीपक चापागाईंले दिएको जानकारी अनुसार वडाध्यक्ष र नगरसमितिका धेरैले नागेश कोइरालालाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत दिएपछि उनको नाम १ नम्बरमा राखेर पठाइएको छ । बहालवाला मेयर भीम पराजुलीको नाम भने छैटौँ नम्बरमा राखिएको छ ।
सिफारिस गरिएका अन्य नामहरूमा मोरङ जिल्लाका उपसभापति कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मी रहेको छ ।
यस्तै उपमेयरका लागि नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्के सिफारिस गरिएको छ । आज बसेको नगर समितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । काँग्रेस विराटनगरले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण