टोटेनहम र आर्सनल पराजित
शनिबार, ०३ बैशाख २०७९, २२ : १८

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।
यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बेडनारेकले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा गोल गरे । जितसँगै साउथह्याम्पटनले ३२ खेलमा ३९ अंक जोडेको छ । साउथह्याम्पटन १२ औं स्थानमा छ । पराजित आर्सनल ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।