शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जामा जिप दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत

आइतबार, ०४ वैशाख २०७९, २० : ००
आइतबार, ०४ वैशाख २०७९

स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय वीर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।  

दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ३ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । ​डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप