शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवा विद्यार्थीहरु माओवादी केन्द्रका उत्तराधिकारी हुन् : अध्यक्ष प्रचण्ड

आइतबार, ०४ वैशाख २०७९, २१ : २०
आइतबार, ०४ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीहरु माओवादी केन्द्रको उत्तराधिकारी भएको बताएका छन् । आइतबार अखिल क्रान्तिकारीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने र चुनावमा पनि ध्यान दिने बताएका हुन् ।

उनले युवा विद्यार्थीले माओवादी जनयुद्धमा त्याग र बलिदान र शान्ति प्रक्रियामा आएपछिको बारेमा सवै युवालाई प्रशिक्षण दिनु पर्ने बताए । जलवायु परिवर्तनको प्रभावबारे विद्यार्थी सचेत हुनु पर्ने भन्दै उनले माओवादी केन्द्रले यस्ता विषयलाई ध्यानमा राखेर पार्टीको राष्ट्रिय महाधिवेशनबाट समाजवादीको कान्तिको बाटो तय गरेको बताए । अध्यक्ष प्रचण्डले देशको राजनीतिक, संविधान र परिवर्तनको माओवादी केन्द्रले नै नेतृत्व गरेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप