शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शीतलता प्रदान गर्न नसकेको वसन्त

सोमबार, ०५ वैशाख २०७९, १२ : १०
सोमबार, ०५ वैशाख २०७९

काठमाडौँ । वसन्त ऋतुको समय छ । बढ्दो गर्मीका कारण मानिसहरू शीतल छहारी खोज्दै हिँडेका छन् । सहर सजावट गर्न राज्यले बाटो, सडक, नदीका किनार र पार्क वरिपरि बिरुवा रोपेर हरियाली बनाउने प्रयास गरिरहेको छ । यो परम्परा जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि सुरुवात गरेका थिए । उनले विदेशबाट फूलका बिरुवा ल्याएर दरबारका बगैँचा, कार्यालय छेउ, सडकछेउमा रोपेर सौन्दर्यमय बनाउन लगाएको इतिहास छ । 

वसन्तको आगमन भए पनि बोटबिरुवामा पालुवा पलाएर कङ्क्रिटमय सहरलाई शीतलता प्रदान गर्न नसकेको महसुस हुन थालेको  छ । बढ्दो सहरीकरणले उपत्यका वरपरका डाँडाहरूमा भएका जङ्गलहरुमा डोजर चलाएर घडेरीमा परिणत गरिँदैछ । यस्ता कार्यले अलिअलि भएका बोटबिरुवा धमाधम मासिँदै गएकाले पनि सहरका मानिस शीतलाताबाट वञ्चित हुँदै गएका छन् । राज्यले यस्ता गतिविधिलाई रोक्न अब ढिलाइ गर्नु हुँदैन । नयाँ नीति नियम अवलम्बन गर्नुपर्ने आवश्यकता भैसकेको छ ।  सरकारका हरेक नीति नियमले जनमानसमा एउटा सकारात्मक छाप छोड्ने छ । हरेक नागरिकले राज्यका नीति नियमलाई आत्मसात् गर्ने र पालना गर्ने हो भने हरियाली सहर निर्माण गर्न धेरै समय लाग्ने थिएन । बोटबिरुवाबाट मानव, प्रकृति र जीवजन्तुलाई फाइदा हुने भएकाले सरकारी जग्गामा वृक्षारोपण गरेर शीतलता प्रदान गर्नु अहिलेका आवश्यकता हो । यिनै रुख र फूलहरूले सजिएको काठमाडौँका बाटा, पार्क र नदीका छेउमा रोपेका फूलहरूले सहरलाई शोभायमान बनाएका छन् । काठमाडौँका सडकछेउ र नदी किनारमा ढकमक्क फुलेका फूल र हरियाली बोटबिरुवाहरू रातोपाटीकर्मी कृष्ण खड्काले तस्बिरहरूमा उतारेका छन् : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप