बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो जात्रा सम्पन्न

सोमबार, ०५ वैशाख २०७९, १२ : २०
सोमबार, ०५ वैशाख २०७९

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।  

ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चारवटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ  । यो जात्रा हेर्नाले सुख, समृद्धि सहकाल हुनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप