शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली सेनाले माग्यो पत्रकार

सोमबार, ०५ वैशाख २०७९, १६ : ००
सोमबार, ०५ वैशाख २०७९

नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) मा ३ जनाका लागि भर्ना खोलेको जंगी अड्डाले जनाएको छ ।

जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।  
त्यसरी दरखास्त दिन चाहनेका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई २९ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । छनौट भएका उमेदवारहरूले नेपाली सेनाको मिडिया (सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइन) मा कार्य गर्नुपर्ने र कार्यक्षेत्र जंगी अड्डा भद्रकाली रहने सेनाले जनाएको छ । इच्छुकलाई गत चैत १४ देखि ७९ बैशाख १४ सम्म र वैशाख १४ गतेदेखि २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप