शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबार र तस्करीमाथि लगाम कस्दै सशस्त्र प्रहरी

सोमबार, ०५ वैशाख २०७९, १७ : १६
सोमबार, ०५ वैशाख २०७९

लागुऔषध कारोबार र तस्करी नियन्त्रणमा मधेस प्रदेशमा  सशस्त्र प्रहरीको  महत्त्वपूर्ण भूमिका  देखिएको छ । सशस्त्र प्रहरीको  गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको  प्रगति हेर्दा  अघिल्लो वर्षको तुलनामा झन्डै ५० प्रतिशतले वृद्धि भएको छ । यसै अवधिमा प्रदेशको आठवटै जिल्लाबाट सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले २२ कुईन्टल ५१ किलोग्राम लागुऔषध  बरामद गरेको छ।

त्यस्तै विभिन्न प्रकारको ३२ हजार १४० थान लागुऔषध बरामद गर्नुका साथै पर्सा,बारा लगायतका जिल्लामा चोरिछिपी  झन्डै ६१ बिगहा जग्गामा लगाइएको गांजाखेती नस्ट गरिएको सशस्त्र प्रहरी चिनमस्ता बाहिनी प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए। गत आर्थिक वर्षमा भारतबाट तस्करीको माध्यमले भित्र्याइएको ४६ करोड, २८ लाख, ३६ हजार नौ सय ४७ रुपैया बराबरको विभिन्न सामान तथा  सामान ढुवानी गर्न तस्करहरूले प्रयोग गरेको सातसय ८८ थान सवारीसाधन बरामद गरिएको डिआइजी मगरले जानकारी दिए । 

उक्त सामान जिल्लाको पायक पर्ने भन्सार कार्यालयहरूमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । सोही अवधीमा  तस्करी तथा विभिन्न अवैध कारोबारमा संलग्न एकसय ६६ जनालाई पक्राउ गरी कारबाहीका
लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ । नौ महिनामा प्रदेशको विभिन्न जिल्लाबाट एक करोड, ३२ लाख, ५४ हजार ५ सय ७२ रुपैया बराबरको ३ हजार ५ सय ८२ क्यूफिट साललगायत जातको अवैध काठ बरामद भएको छ। त्यस्तै  एक करोड, २७ लाख, ६८ हजार, ३ सय ९० रुपैया बराबरको भारतबाट अवैधरूपमा भित्र्याइएको चौपाया बरामद गरिएको छ । दुई करोड ५४ लाख, एक सय २८ स्रोत नखुलेको नेपाली र १० लाख, ५४ हजार ६१ भारतिय रुपैया सशस्त्र प्रहरीले बरामद गरेको छ। गत आवमा १२ लाख, ८१ हजार, ९ सय ६१ रुपैया बराबरको अवैध सुन चाँदी, र ४ लाख, १३ हजार जाली रुपैया बरामद भएको तथ्यांकमा रहेको छ । सोही अवधिमा सशस्त्र प्रहरीले विभिन्न प्रकारको ८ थान पेस्तोल, बन्दुक, ६ थान गोलि र १ थान म्यागाजिन बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जान लागेकी ४० चेलीबेटीलाई सिमाबाट उद्वार तथा  नेपाल प्रहरीसँग मिलेर ६३६ पटक ज्वाईंट पेट्रोल र गत आवमा ३७ पटक समकक्षी बैठक बसिएको सशस्त्र प्रहरी छिनमस्ता  बाहिनी बर्दिबासको तथ्यांकमा उल्लेख छ ।

मधेस प्रदेशमा सशस्त्र प्रहरीको सक्रियताले लागुऔषध कारोबार, तस्करी गतिविधि न्यून हुनुका साथै अपराधिक क्रियाकलापमा समेत कमी आएको सशस्त्र प्रहरका डिआइजी मगरको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप