बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा सवारी दुर्घटनामा एकको मृत्यु

सोमबार, ०५ वैशाख २०७९, २१ : ३८
सोमबार, ०५ वैशाख २०७९

गएराती कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा लु १३ प ८८०९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री  ६५ वर्षीया बृजामती कुर्मीको मृत्यु भएको हो ।  

गम्भीर घाइते कुर्मीको  जिल्ला अस्पताल तौलिहवमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रकृया अगाडी बढाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप