आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र युक्रेन युद्ध कृष्ण सागर वरपर केन्द्रीत, २०० वर्षदेखि नियन्त्रणमा राख्ने रुसी प्रयासमा पुटिन सफल होलान् ?

मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ३०
मङ्गलबार, ०६ वैशाख २०७९

रुस र युक्रेन युद्ध कृष्ण सागर वरपर केन्द्रीत, २०० वर्षदेखि नियन्त्रणमा राख्ने रुसी प्रयासमा पुटिन सफल होलान् ?

रुस र युक्रेनबीच जमिन र आकासको युद्धपछि अब युद्ध समुद्रसम्म पुगेको छ। रुसले कृष्ण सागरमा आफ्नो नियन्त्रण कायम गर्नको लागि युक्रेनका तीन ठूला शहर मरियोपोल, ओडेसा र खार्किवमाथि आक्रमण तीव्र बनाउन थालेको छ। उता युक्रेनले पनि ‘कृष्ण सागर’ किनारका तीन शहरमा रुसी सेनाविरुद्ध प्रत्याक्रमणको लागि सम्पूर्ण तागत केन्द्रीत गर्न सुरु गरेको छ। 

रुसले आईतबार विहानसम्म मोरियोपोललाई आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ। यस विषयमा युक्रेनले केही बोलेको छैन। कृष्ण सागर क्षेत्रमा रुसको आक्रमण पहिलो होइन। कृष्ण सागर क्षेत्रमा रुसको लडाई आजभन्दा २३१ वर्ष पहिलेबाट सुरु भएको थियो।

‘कृष्ण सागर’माथि नियन्त्रण बचाउनको लागि उसले ‘ब्याटल अफ पोल्टावा’ नामको युद्ध लडेको थियो। त्योबेलादेखि नै यो क्षेत्र रुसको लागि प्रतिष्ठाको विषय रहदै आएको छ। कृष्ण सागरको अवस्थिति निक्कै महत्वपूर्ण छ। यो सागरले बुल्गेरिया, जर्जिया, रोमानिया, रुस, टर्की, ग्रिस र युक्रेनगरी ६ देशलाई छुन्छ, जसमध्ये तीन वटा नेटो सदस्य हुन्। 

रुस ‘ब्ल्याक सी’लाई युरोपको प्रवेशद्वार मान्छ। कृष्ण सागरमार्फत रुसले भूमध्य सागरसम्म पहुँच पु-याएको छ। दक्षिणी युरोपका प्रमुख शहरसम्म उसको सामान यही सागर हुदै पुग्छ। 

कृष्ण सागर नियन्त्रणमा राख्ने रुसी इतिहास
सन् १७०९ जुलाई ८ मा कृष्ण सागरमाथि कब्जा गर्नको लागि स्वीडेनका राजा चार्ल्सले युक्रेनमाथि आक्रमण गरे। त्यो समय युक्रेन रुसी साम्राज्यको हिस्सा थियो। रुसी शासक पीटर द ग्रेट र स्वीडस राजाबीच घमासान युद्ध भयो। युद्धमा रुसको जित भयो। पछि टर्कीले कृष्ण सागरलाई नियन्त्रणमा लिन रुससँग युद्ध लड्यो। 

तर सन् १९३६ जुलाई २० मा स्विट्जरल्याण्डको मोन्ट्रेक्स सम्मेलनमार्फत रुस–टर्कीबीच लडाई अन्त्य भयो। ​मोन्ट्रेक्स सम्मेलनमार्फत रुसले टर्कीको बोस्फोरसन स्ट्रेटबाट व्यापार गर्न पाउने अधिकार पायो। बोस्फोरस स्ट्रेट कृष्ण सागर र क्यास्पियन सागर जोड्ने साँघुरो समुन्द्री भाग हो। 

सन् १९५२ मा कृष्ण सागरसँग जोडिएका ग्रिस र टर्की नेटोमा सामेल भएपछि त्यस भेगमा अमेरिकाको प्रभाव बढ्यो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस क्षेत्रमा अमेरिकाको बढ्दो प्रभावलाई मध्यनजर गरेर सन् २०१४ मा क्राईमियामाथि आक्रमण गरेको बताइन्छ।  
‘कृष्ण सागर’लाई ‘एशिया र युरोपको द्वार’ पनि भनिन्छ। यही भूराजनीतिक अवस्थ्तििको कारणले कृष्ण सागरलाई निक्कै महत्वपूर्ण छ। युरोप र एशियाली देशबीच हुने व्यापारको ठूलो हिस्सा यही समुन्द्री मार्गबाट हुन्छ । 

कृष्ण सागर क्यास्पिय सागर र मरमारा सागरसँग जोडिन्छ। यस्तोमा युरोप र एशियामात्र होइन पश्चमी एशियासमेत यो सागरको सम्पर्कमा आएको छ। यस्तोमा सागरसँग जोडिएका ६ मुलुकका अतिरिक्त सम्पूर्ण युरोप, भारत र एशियाका अन्य मुलुकका व्यापार पनि कृष्ण सागर मार्फत हुन्छ। 

कृष्ण सागर अहिले रुस–युक्रेन युद्धको केन्द्रीय बिन्दु बनेसँगै यो सागरमार्फत हुने युद्धको आयात–निर्यात सम्पूर्ण रुपले प्रभावित भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप