बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर

मङ्गलबार, ०६ वैशाख २०७९, २१ : ४६
मङ्गलबार, ०६ वैशाख २०७९

पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १७२ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत फुकालिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप