शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको निर्देशन : प्रतिनिधिसभा विघटनको विरोध नगर्नु

बिहीबार, ०८ वैशाख २०७९, १६ : २१
बिहीबार, ०८ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई प्रतिनिधि सभा विघटनको भुलेर पनि विरोध नगर्न निर्देशन दिएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् । 

ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । ‘केही केही साथीहरूले मौका पर्या बेला प्रतिनिधिसभा विघटन त गलत थियो भन्ने पनि गर्नुभएको छ । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु’, ओलीले भने, ‘वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो ।’​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप